SEE Result 2082

सी प्लस ल्याउन नसकेका विद्यार्थीले ग्रेड बृद्धि परीक्षाका लागि आवेदन दिनुपर्ने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिनु पेर्न स्पष्ट गरेको छ ।

साल बैसाख ९ देखि सञ्चालन  भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई  सी वा सी भन्दा ग्रेड ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पुरक (ग्रेडबृद्धि) परीक्षामा सम्मिलित भएका र कम्तिमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएकाले सोही अनुसार फाराम भराउने  सबै शिक्षा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालय सबै, शिक्षा विकास तथा समन्वय इकाइ दिएको  हो ।

बोर्डबाट मंसिर ८ गते  प्रकाशित २०७९ सालको एसईईमा  सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा आवेदन फारामको सूचनामा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने विद्यार्थीहरुको केही जिल्लाहरुले द्विविधा भएको भनी जिज्ञासा राखेको हुनाले स्पष्ट पारेको बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरेको छ ।

+2 School
Counseling
Bachelors Portal