SEE Result 2082

समयावधि सकिएका विद्यार्थीको त्रिविले मौका परीक्षा लिने

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयका २०६९ साल देखि  परीक्षा दिने अवधि सकिएका विद्यार्थीको मौका परीक्षा लिने भएको छ ।

सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयका विद्यार्थीलाई एक पटक  मौका परीक्षा लिने उद्देश्यले आवेदन माग गरेको छ ।

चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय अध्ययन गरी उत्तीर्ण हुन नसकेका २०६९ साल देखि अवधि नागेका विद्यार्थीले प्रथम वर्ष प्रथम सत्रदेखि चौथो वर्ष आठौं सत्र सम्मको परीक्षाको परीक्षा आवेदन माघ १६ गतेसम्ममा बुझाउन सूचना जारी गरेको छ ।

+2 School
Counseling
Bachelors Portal