SEE Result 2082

परीक्षामा टिकटक भिडियो बनाउने विद्यार्थीको सबै विषयको परीक्षा रद्द गर्न सक्ने

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादा विपरीत उत्तरपुस्तिकालागायत अन्य पक्षको टिकटक भिडियो बनाउने विद्यार्थीको सबै परीक्षा रद्द हुने एवम् परीक्षा केन्द्र समेत खारेज गर्न सकिने जनाएको छ ।

बोर्डले एक सूचना जारी गरी परीक्षा हलमा मोवाइल लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस निषेध गरिएको अवस्थामा यस्तो कार्य सामाजिक सञ्जालमा भेटिएको हुनाले उक्त घटना प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले यस प्रकारका अमर्यादित कार्य नगर्नु नगराउनु हुन सम्बन्धित विद्यार्थी, शिक्षक एवं विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।

गत भदौ ३० गतेदेखि सुरु भएको कक्षा १२ को वार्षिक परीक्षाको पहिलो दिननै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भिडियो भाइरल भएको थियो ।

कक्षा १२ को परीक्षासँग सम्बन्धित ३-४ वटा भिडियो सामाजिक सञ्जालमा भेटिएका थिए । ती मध्ये एउटा उत्तरपुस्तिका पल्टाइरहेको, अर्को परीक्षा हलमा विद्यार्थीले चिट चोरिरहेको, अर्को परीक्षा हलमा नै बसेर बनाएको भिडियो बाहिरिएको थियो ।

+2 School
Counseling
Bachelors Portal