SEE Result 2082

विद्यार्थीले रु. एक करोड बराबरको परियोजना मूल्याङ्कन गर्न पाउने

पाँच विश्वविद्यालयका विद्यार्थीले एक करोड रुपियाँको परियोजना मूल्याङ्कन गर्न पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विद्यालय, मध्य पश्चिमाञ्चल विद्यालय, पूवाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका विद्यार्थीले सो रकम बराबरको परियोजना मूल्याङ्कन गर्न पाउने भएका हुन् ।

हालै समाज कल्याण परिषद् र पाँचै विश्वविद्यालयका विच भएको सम्झौताले विद्यार्थीलाई सो अवसर दिएको परिषद्का सूचना अधिकारी दुर्गा प्रसाद भट्टराईले जानकारी दिए ।

सो सम्झौताले चालु आर्थिक वर्षमा ५८७ परियोजनाको मूल्याङ्कन विद्यार्थी मार्फत गराउने भएको । त्यस्तै तेस्रो पक्षबाट ५३२ परियोजनाको मूल्याङ्कन गराइने भएको छ ।

हालै प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सो सम्झौता पत्रमा परिषद्का तर्फबाट सदस्य सचिव पुष्कर खाती र विश्वविद्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष जुलीकुमारी महतो, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठको सहभागिता थियो । साथै पाँचैवटा विश्वविद्यालयका उपकुलपतिहरुको सहभागिता रहेको थियो ।

+2 School
Counseling
Bachelors Portal