धुलाबारीमा सिभिल इन्जिनियरिङ पढाइ हुने

 झापा मेचीनगरको धुलाबारी  सामुदायिक क्याम्पसमा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन हुने भएको छ ।  नेपाल इन्जिनियरिङ काउन्सिलले गत भदौ १५ मा  अनुमति दिएसंगै इन्जिनियरिङ संकायका कक्षा सञ्चालन हुने भएको हो । यो संगै पूर्वाञ्चल विश्वविद्यालयले अन्य १७ वटा क्याम्पसबाट आफ्नो  इन्जिनियरिङ संकायको  कक्षा सञ्चालन गर्ने भएको छ ।

सो क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालयले गत चैत १४ गते शैक्षिक सत्र २०७९–८० देखि स्नातक तहको चार वर्षे (बीई, सिभिल) कोर्षका लागि छात्रवृत्तिसहित ४८ जना विद्यार्थी रहने गरी शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिएको थियो । क्याम्पसले चार बर्से कोर्स पुरा गर्न रु.  ६ लाख  पचास हजार  खर्च लाग्ने  क्याम्पसका इन्जिनियर संकायका निर्देशक रुद्रप्रसाद मैनालीले बताए ।  क्याम्पसले भर्नाका लागि आवेदनसमेत माग गरिसकेको छ ।

+2 School
Counseling
Bachelors Portal