SEE Result 2082

झुट्टा प्रमाणपत्र पेस गरी शिक्षक नियुक्ति

नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीको निम्न माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षक हुमलाल पौडेलमाथि शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले आज विज्ञप्ति जारी गर्दै अस्थायी शिक्षक पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई झुट्टा प्रमाणपत्र पेस गरी जागिर खाएको खुल्न आएको हुँदा मुद्दा दायर गरेको हो ।

अख्तियारले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने गरी शिक्षक नियुक्ति हुँदा गोरखपुर विश्वविद्यालय भारतबाट प्राप्त गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको देखिएकाले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको  प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

+2 School
Counseling
Bachelors Portal