SEE Result 2082

सुदूरपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहका तीन कार्यक्रमका लागि भर्ना खुल्यो

सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र संकायअन्तर्गत सञ्चालित स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक वर्ष ०८०-८१ का लागि भर्ना खुलेको छ।

विश्वविद्यालयले शनिबार एक सूचना जारी गर्दै भर्नाका लागि प्रवेश परीक्षा आवेदन फाराम वितरण यही मंसिर ४ गतेदेखि पुस २ हुने जनाएको छ।

विश्वविद्यालयका अनुसार प्रवेश परीक्षा पुस पहिलो हप्तामा सम्बन्धित डीन कार्यालयद्वारा तोकिएको मिति अनुसार हुनेछ। कक्षा सञ्चालन पुस १२ गतेदेखि हुन विश्वविद्यालयले जनाएको छ।

+2 School
Counseling
Bachelors Portal