SEE Result 2082

शिक्षक पेसागत विकास प्रारुप परिमाजर्न गर्न  सात दिन भित्र सुझाव पठाउनु पर्ने (मस्यौदा सहित)

गुणस्तरीय शिक्षाका लागि  गुणस्तरीय शिक्षण सिकाइको लक्ष्य अनुरुप शिक्षक पेसागत विकास प्रारुप २०७२ मा समसामयिक परिमार्जनका लागि  सात दिनभित्र राय सुझाव तथा पृष्ठपोषण  पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आग्रह् गरेको छ ।

लुम्बिनी, चितवन र काठमाडौंमा शिक्षासम्बद्ध सरोकारवालाको उपस्थितिमा कार्यशाला आयोजना गरी परिमार्जित मस्यौदामाथि छलफल गराई उक्त कार्यशालाबाट प्राप्त राय सुझाव तथा पृष्ठपोषणलाई समेटेर तयार गरिएको शिक्षक पेसागत विकास प्रारूप, २०७२ ९परिमार्जित पहिलो संस्करण, २०८०० को मस्यौदालाई पुनः परिमार्जन गर्न राय सुझाव मागेको हो ।

पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धिहरू विद्यार्थीहरूमा हासिल गराई उनीहरूको संज्ञानात्मक विकास, प्रतिस्पर्धी, अनुकूलन र उत्पादनशील क्षमता, संवेगात्मक र मनोवैज्ञानिक उत्थानशीलता विकास र विस्तार गर्ने गरीको सुझाव माग गरेको छ ।

पेसागत रूपमा योग्य, दक्ष, क्षमतावान, अभिप्रेरित र उच्च मनोबलयुक्त शिक्षकबाट नै गुणस्तरीय शिक्षण सिकाइ सुनिश्चित हुन सक्ने केन्द्रके विश्वास छ ।

शिक्षणसिकाइका लागि शिक्षकको तयारी, विद्यार्थीमैत्री सिकाइ वातावरण, विद्यार्थीकेन्द्रित शिक्षण विधि र सक्रिय सिकाइ क्रियाकलापहरूको प्रयोग, विषयवस्तुअनुरूपको शिक्षणसिकाइ सामग्रीहरूको प्रयोग, विद्यार्थीहरूको वैयक्तिक सिकाइ कठिनाइहरू पहिचान गरी सुधारात्मक शिक्षण आदिले शिक्षणसिकाइमा गुणस्तरीयता सुनिश्चित गर्न सहयोग पुर्याउँने हुँदा उक्त मस्यौदा परिमाजर्न गर्न लागिको केन्द्रले जानकनरी दियो ।

शिक्षक पेसागत विकास प्रारूप २०७२ ले शिक्षकको पेसागत विकासका लागि खासगरी एक महिने प्रमाणीकरण शिक्षक तालिम र पाँच दिने कस्टमाइज्ड पुनर्ताजगी शिक्षक तालिम, यसको सञ्चालन प्रक्रिया र प्रमाणीकरणलाई समेटेको अवस्था छ ।

यस्तो छ मस्यौदा

+2 School
Counseling
Bachelors Portal