SEE Result 2082

निशुल्क शैक्षिक प्रदर्शनी गर्दै ख्वप कलेज

भक्तपुरको ख्वप कलेजमा तीन दिने निःशुल्क शैक्षिक प्रदर्शनी आयोजना भएको छ । शारदा क्याम्पसको २९ औं, ख्वप माध्यमिक विद्यालयको २० औं र ख्वप कलेजको १८ औं वार्षिकोत्सवमा सो प्रदर्शनीको आयोजना गरिएको हो ।

कलेजका कक्षा ११ देखि स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले बनाएका सामग्री प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा ऐतिहासिक,पूरातात्विक, सांस्कृति महत्वका सामग्रीहरु राखिएको छ ।

सो प्रदर्शनीमा राखिएका सामग्री हेर्न १० हजार अवलोकनकर्ता आउने प्राचार्य रुपक जोशीले बताए । ‘काठमाडौं, भक्तपुर,ललितपुर र काभ्रेका शिक्षक विद्यार्थी अवलोकन गर्न आउँने अपेक्षा गरेका छौं ।’ उनले भने, ‘हाम्रा विद्यार्थीको सिप अनुकरण योग्य छन् त्यसैले गतवर्षभन्दा यो वर्ष बढी अवलोकनकर्ता आउने अपेक्षा गरेका छौं ।’

तीनवटै शैक्षिक संस्थाको वार्षिकोत्सव औपचारिक उद्घाटनपछि सुरु गरिएको प्रदर्शनीको अवलोकन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले ख्वप कलेजले जस्तै विश्वबजारमा बिक्न सक्ने जनशक्ति अन्य शैक्षिक संस्थाले उत्पादन गर्नुपर्ने बताए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘देशको अस्मिता रक्षाका लागि विद्यार्थी सजग हुनुपर्छ, देशको सीमा सुरक्षाका लागि अब चुपलाग्नु हुन्न ।’

+2 School
Counseling
Bachelors Portal