SEE Result 2082

मन्त्रालय र निजी विद्यालयका प्रतिनिधिबिच वार्ता हुँदै, सहमति भए भोलिदेखि अनलाइन कक्षा सञ्चालन गरिने

निजी विद्यालय र शिक्षामन्त्रीबिच केही समयपछि वार्ता हुने भएको छ । निजी विद्यालयले साउन १ गते देखि अनलाइन कक्षा बन्द गरेर विभिन्न माग राखी आन्दोलनमा उत्रिएपछि यसको निकास खोज्न वार्ता गर्न लागिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

अभिभावक संघ लगायत अन्य केही सरोकारवाला संस्थाले अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिरहेको र शिक्षा मन्त्रीले समेत छलफलका लागि केही समयपछि बोलाएको हुँदा सहमति भए निजी विद्यालय भोलिदेखि नै अनलाइन कक्षा सञ्चालन गर्न तयार भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले बताए । ‘निजी विद्यालयले विद्यालय सञ्चालन गर्न, भर्ना , सहुलिय कर्जा सहितका माग सरकारसंग गरेका थियौं ।’ अध्यक्ष पुरीले भने, ‘ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहमति नदिए पछि साउन १ गतेबाट सबै शिक्षण सिकाइ क्रियाकलाप गरेका थियौं आज सहमति भए भोलिबाट पुनः कक्षा निरन्तर सञ्चालन गर्छौं ।’

+2 School
Counseling
Bachelors Portal