SEE Result 2082

शिक्षकको नयाँ ड्रेस भोलि छनोट हुने

 

शिक्षकको नयाँ पोशाक भोलि शुक्रबार छनोट हुने भएको छ । शिक्षकहरूले सामाजिक सञ्जालमा गरेको भोटिङका आधारमा शिक्षकको ड्रेस छनोट हुने भएको हो ।

नेपाल शिक्षक महासंघले आफ्नो फेसबुक पेजमा विभिन्न रङ्ग भएका १० प्रकारका ड्रेस भोटिङका लागि राखेको छ । महासंघले उक्त भोटिङ भोलि सम्म  खुला राखेको छ । शिक्षकहरूले आफूलाई मन पर्ने ड्रेसमा भोलि साझसम्म भोट हाल्न पाउने छन् । उनीहरूकै रोजाइमा शिक्षकका नयाँ ड्रेस स्वीकृत  गरिने महासंले जानकारी दियो ।

आम शिक्षकले गरेको भोटिङका आधारमा पहिलो प्राथमिकतामा परेका ड्रेसलाई महासंघले स्वीकृत गरी परिर्वतन गरिने महासंघका महासचिव लक्ष्मीकशोर सुवेदीले जानकारी दिए ।

‘अहिलेसम्मको भोटिङका आधारमा महिला शिक्षकको निलो कलर प्रथममा र वर्तमान डे«स दोस्रो स्थानमा छ पुरुष शिक्षकको सुटमा मेरुन कलर पहिलो स्थानमा र ग्रे कल दोस्रो स्थानमा छ भने सटमा आकाशे निलो र मेरुन दोस्रो स्थानमा परेको छ ।’ महासचिव  सुवेदीले भने,  ‘शिक्षकको वर्तमान ड्रेस तातोमा तातो र चिसोमा चिसो हुने भएकाले परिवर्तन गर्नु परेको हो, सामाजिक सञ्जालको भोटिङ बन्द हुने बितिकै शिक्षकको पहिलो रोजाइमा परेकै पोसाकलाई शिक्षा तथा मानव स्रोत केन्द्रबाट स्वीकृत गराइ नयाँ ड्रेसको व्यवस्था हुन्छ ।’ 

अहिले सरकारबाट स्वीकृत शिक्षक दरबन्दीमा कार्यरत शिक्षक १ लाख ९ हजार छन् । साबिकको उच्च माविमा ६ हजार, राहत शिक्षक करीब ३८ हजार, बालकक्षा शिक्षक करिब ३५ हजार र विद्यालय कर्मचारी ३० हजारामाथि रहेको महासचिव सुवेदीले जानकारी दिए ।

सरकारले ड्रेस बापत प्रति शिक्षक वार्षिक १० हजार प्रदान गर्दै आएको छ । शिक्षकलाई केही वर्ष अगाडिबाटै प्रदान गर्न थालिएको भएपनि बालकक्षा र विद्यालय कर्मचारीलाई भने सरकारले गत वर्षदेखि मात्र ड्रेस उपलब्ध गराउन थालेको हो ।

गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक विद्यालयका प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरुलाई अन्य कर्मचारी र शिक्षक सरह पोषाक भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो  । ड्रेस भनेको पेसाको पहिचान र अनुशासन भएको हुनाले सबै शिक्षकले अनिवार्य लगाउने महासचिव सुवेदीले बताए ।

 

+2 School
Counseling
Bachelors Portal