SEE Result 2082

शिक्षक महासंघको अध्यक्ष सुवेदी घोषणा, संगठनले आज आफ्नो धारणा सार्वजनिक गर्ने

नेपाल शिक्षक महासंघको अध्यक्ष पदमा पूर्व महासचिव  लक्ष्मीकिशोर सुवेदी घोषणा गरिएको छ। महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको खुला  तथा बन्द सत्रसकिएको१५ दिनपछि सुवेदी अध्यक्ष घोषणा भएका हुन् ।

नेपाल शिक्षक संघको तर्फबाट सुवेदी अध्यक्ष बनेका छन् । त्यसैगरी सहअध्यक्षमा नानुमाया पराजुलीलाई चयन गरिएको छ । उपाध्यक्षमा गंगा पौडेल, जयानन्द ठाकुर, हरेन्द्र प्रसाद चौरसिया, पुष्पराज कुँवर, विक्रम झा, देविदत्त पौडेल रहेका छन् ।

उपमहासचिव अर्थमा मदनराज जोशी, र ऋन्य उपमहासचिवमा गुरु प्रसाद पौडेल र पुष्कर सापकोटा चयन भएका छन् ।

सचिवमा कल्पना पनेरु, केशव राज रेग्मी, अर्जुन नगरकोटी, जगदीश शाह, लालबाबु प्रसाद जोशी, हरी प्रसाद जोशी र सुरेश शाह सोमार रहेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन घोषणा कार्यक्रममा नआएपछि संगठनको भागमा परेका पदाधिकारीहरूको पद खाली राखेर अन्यमा घोषणा गरिएको छ । संगठनको भागमा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव १, सचिव १ सहित ६ सदस्य  गरी ११ जनाको पद खाली राखिएको छ ।

महाधिवेशन वैधानिक तरीकाले नगरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले बहिष्कार गरेको थियो ।  संगठनले विधानमा व्यवस्था भए अनुसार २०७८ पछि स्थायी शिक्षकहरूलाई समावेश गर्नुपर्ने, स्थानीय तह, जिल्ला, प्रदेशदेखिनै अधिवेशन गरेर महाधिवेशन गर्नुपर्ने र महासङ्घ पुनर्गठन गर्नुपर्ने अडान राख्दै आएको छ ।

महासंघ वैधानिक नभएको हुनाले आज पत्रकार सम्मेलन गरी संगठनले आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ ।

 

+2 School
Counseling
Bachelors Portal