SEE Result 2082

शिक्षकहरुको अनसन सुरु

नेपाल शिक्षक महासङ्घ आवद्ध शिक्षकहरुले आज विहान ८ बजेबाट एक दिने अनसन बसेका छन् । अनसन दिउँसो ४ बजेसम्म जारी रहेछ । 

विभिन्न ३४ बुँदे माग राख्दै आन्दोलन थालेको महासङ्घ आवद्ध शिक्षकहरु देशभरिका ८३८ निकाय तथा काठमाडौँको माइतीघरमा अनसन बसेका छन् । उनीहरु पालिका, शिक्षा विकास तथा समन्वय एकाइ र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयको प्रवेशद्वारमा अनसनमा बसेका छन् भने केन्द्रीय पदाधिकारीहरु माइतीघरमा बसेका हुन् । करिब तीन हजार शिक्षक रिले अनसनमा सहभागी भएको महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले साउन २२ गते शुक्रबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा र साउन २९ गते शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिने कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार बालुवाटारमा एक हजार शिक्षकको सहभागिता रहनेछ ।

महासङ्घले गत वैशाखमा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई ३४ बुँदे विरोधपत्र बुझाएको थियो । सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने, कोभिड विरुद्धको खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षक परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आन्तरिक परीक्षाबाट बहिर्गमनमा परेका अस्थायी शिक्षकलाई तत्काल गोल्डेन हेन्डसेक दिनुपर्ने लगायतका माग छन् । 

+2 School
Counseling
Bachelors Portal