SEE Result 2082

लोक सेवाको सिको गर्दै शिक्षक सेवा आयोग (पाठ्यक्रम सहित)

शिक्षक सेवा आयोगले पनि अबका परीक्षा लोक सेवा आयोगका जस्तै गर्ने भएको छ । लोक सेवाको सिको गर्दै शिक्षक सेवा आयोग पाठ्यक्रम पारित गरेको छ । माध्यमिक तह र आधारभूतको प्रारम्भिक परीक्षाको पाठ्यक्रममा लोक सेवाको सिको गरेको हो ।

शिक्षक सेवा आयोगले फागुन १ गते नयाँ पाठ्यक्रम पारित गर्दै यस्ताे प्रावधान राखेको हो । आयोगले प्रारम्भिक चरणको पाठ्यक्रम यस्तो व्यवस्था गरेको छ ।

नयाँ पाठ्यक्रमअनुसार आयोगले अब तीन चरणका परीक्षा  सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणको प्रारम्भिक परीक्षामा आयोगले लोक सेवाको जस्तै बौद्धिक परीक्षण गर्ने भएको छ । यसअघि शिक्षासम्बन्धी आधारभूत ज्ञान तथा ऐनबाट मात्र वस्तुगत प्रस्न सोध्दै आएको आयोगले अब एक सय पूर्णांकको प्रारम्भिक परीक्षामा सामान्यज्ञान, आधारभूत ज्ञान, सूचना तथा सञ्चार,  बौद्धिक परीक्षणबाट प्रश्न सोध्ने आयोगका प्रवक्ता दामोदर आचार्यले बताए ।

डाउनलोड

माध्यमिक तहको सामान्य परीक्षाको पाठ्यक्रम

आधारभुत तह (निम्नमाध्यमिक र प्राथमिक) तहको सामान्य परीक्षाको पाठ्यक्रम

+2 School
Counseling
Bachelors Portal