SEE Result 2082

शिक्षक सङ्घले आपत्कालीन सेल निर्माण गर्ने

विद्यालयको पठनपाठनलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर खस्कन नदिन नेपाल शिक्षक सङ्घले आफ्नो सबै सांगठनिक संरचनामा आपत्कालीन सेल निर्माण गर्ने भएको छ ।

सङ्घले सबै खाले विपत्तिले शैक्षिक क्षेत्रमा पार्ने प्रभावलाई सामना गर्दै विद्यालयका शिक्षक, विद्यार्थीलाई पार्ने स्वास्थ प्रभाव र मानवीय क्षतिलाई न्यूनीकरण गरी सजग गराउन सेल निर्माण गर्ने भएको हो ।

जस्तोसुकै विपत्तिमा पनि तत्कालै मानवीय क्षतिलाई समाधान गर्दै विद्यालयहरु सञ्चालन हुने र शिक्षा क्षेत्रलाई जोगाउन अघि बढ्ने निर्णयका साथ सेल निर्माण गर्ने निर्णय गरेको महासचिव सोमनाथ गिरीले जानकारी दिए ।

सेलले केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार र अन्य सहयोगी संघसंस्थासँग समन्वय गर्ने, सरकारलाई अबका विद्यालय डिजिटल विद्यालयका रुपमा रुपान्तरण गर्न सरकारको कार्ययोजना बनाउने तथा भौतिक तथा मानवीय संसाधनको तयारीका लागि अघि बढाई सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्ने अध्यक्ष राजेन्द्रराज पौडेल जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal