SEE Result 2082

शिक्षक तथा प्राध्यापकलाई २३ गतेदेखि कोरोना खोप

महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कोरोना विरुद्धको खोप आगामी २३ गते देखि लगाउने तयारी सरकारले थालेको छ । सयौं बालबालिकाको प्रत्यक्ष सम्पर्कमा आउने शिक्षकलाई सो खोप दिन सरकारले ढिलाइ गर्दै आएको भन्ने आवाज उठिरहेका बेला सरकारले शिक्षक, प्राध्यापक, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई दोस्रो चरणको खोपमा प्राथमिकताका दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका महाशाखाका प्रमुखलगायत सरोकारवालाको संयुक्त बैठकले अहिले सम्म सञ्चालन भएको खोप अभियानको प्रगति पुनरावलोकन र समीक्षा गर्दै उक्त निर्णय गरेको हो । भारतको सेरम इन्ष्टिच्युटअफ इन्डियाबाट सरकारले २० ल्याउने लाख डोज खोपमध्ये १० लाख डोज खोप आइतबार आएसँगै मन्त्रालयले यस्तो निर्णय गरेको गणेश श्रीवास्तवजानकारी दियो ।

तग माघ १४ गतेदेखि सुरु गरिएको खोप अभियानमा यस अघि फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी, पत्रकारलगायतलाई समेटेको थियो ।

+2 School
Counseling
Bachelors Portal