SEE Result 2082

छिपहरमाई गाउँपालिकामा करारमा शिक्षक नियुक्त गरिँदै

पर्साको छिपहरमाई गाउँपालिकाले निर्वाचनको दिन नजिकिँदै गर्दा करार सेवामा शिक्षक भर्ना गरेको पाइएको छ ।

गाउँपालिकाले गत भदौ २५ गते गरेको विज्ञापनका आधारमा लगातार शिक्षक भर्ना लिइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको अवस्थामा अगाडि बढाईएको करार शिक्षक नियुक्ति प्रक्रिया नरोकिएको अख्तियारमा परेको उजुरीमा उल्लेख गरिएको छ ।

उक्त उजुरी अख्तियारमा परेको भन्दै निर्वाचन आयोगमा उजुरीको विवरण पठाइएपछि आयोगले पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ ।

करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी यस आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोदुनु परेको आयोगले जानकारी दियो ।

निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको अवस्थामा अगाडि बढाईएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो ? यदि निर्वाचन आचारसंहिता, २०७९ को विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण चौबीस घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा पठाउन निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal