उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीलाई पुन प्रस्ताव पेस गर्न माग

विश्वविद्यालय अनुदान आयोगले दोस्रो पटक उच्च शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तर सुधार कार्यक्रम, विद्वतवृत्ति, अनुसन्धान सहायता लगायतका श्रीर्षकमा पुनः प्रस्ताव माग गरेको छ ।

आयोगले पहिलो पटक कार्तिक १३ गते सूचना प्रकाशित उच्च शैक्षिक संस्थाहरूको प्रशासनिक तथा भौतिक सुविधा विकास, अनुसन्धान पूर्वाधार तथा संस्कृतिको विकास र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन कार्यक्रमका साथै उच्च शैक्षिक संस्थामा , क्षमता अभिवृद्धि कार्यक्रम, तालिम र छात्रवृत्तिलगायतका विभिन्न कार्यक्रमहरूका लागि प्रस्तव माग गरेको हो ।

उच्चशिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोगको कार्यक्रम कार्यविधि, २०८० मा तोके बमोजिमको ढाँचामा रही छुट्टाछुट्टै आवेदन र प्रस्ताव माग गरेको  हो ।

+2 School
Counseling
Bachelors Portal