SEE Result 2082

शिक्षक कर्मचारी माइतीघर मण्डलामा

विद्यालय कर्मचारी लगायत शिक्षकहरूले काठमाडौंको माइतीघर मण्डलामा अहिले विरोध प्रर्दशन गरिरहेका छन् । विद्यालय कर्मचारीको दरबन्दी र उचित तलब, बालविकास सहजकर्तालाई प्राथमिक तह तृतीय श्रेणीको शिक्षक सरह सेवासुविधाको माग गर्दै देशभरका शिक्षक कमर्चारीले विरोध प्रदर्शन गरिरहेका छन् ।

नेपाल शिक्षक महासंघको आव्हानमा शिक्षक र कर्मचारी बिरोधमा उत्रिएका हुन् । त्यस्तै, संघीय शिक्षा ऐन अबिलम्ब जारी गर्नुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्नेजस्ता माग राखेर  प्रदर्शन गरेका हुन्।६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गर्नसमेत सरकारसँग उनीहरूको माग छ। साथै नेपाल शिक्षक महासंघसंग यसअघि भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन्।

फोटोः शान्तीनाथ योगी
फोटोः शान्तीनाथ योगी

 

फोटोः शान्तीनाथ योगी

 

+2 School
Counseling
Bachelors Portal