SEE Result 2082

रोजगारी सिर्जना गर्न प्राविधिक शिक्षा

कास्की, १० फागुन (रासस) : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बेरोजगारीको अन्त्यका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दीखोलामा अवस्थित माछापुच्छ«े माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको आज उद्घाटनमा उहाँले देशभित्रै रोजगारी सिर्जना गरी विदेशिनुपर्ने अवस्थाको अन्त्यका लागि सीपमूलक शिक्षा आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ शुरु गरिएको सहयोग सङ्कलन अभियानमा सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यालय परिसरमा निर्माण गरिएको ‘स्वर्ण जयन्ती स्तम्भ’को अध्यक्ष तिमिल्सिनाले अनावरण गर्नुभएको थियो । 

स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ सहयोग सङ्कलनको क्रममा रु एक करोड ५० लाख तथा रु २३ लाख बराबरको भौतिक संरचना निर्माणमा सहयोग प्राप्त भएको अर्थ सङ्कलन समितिका संयोजक बमबहादुर गुरुङले जानकारी दिनुभयो । 

+2 School
Counseling
Bachelors Portal