SEE Result 2082

प्रदेश नं २ मा प्राविधिक विश्वविद्यालय स्थापना हुने

धनुषा, ६ पुस (रासस) : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना हुनलागेको जानकारी दिनुुभएको छ ।

नेपाल तराई इञ्जिनीयर्स एशोसिएशनद्वारा शनिबार जनकपुरमा शनिबार आयोजित इञ्जिनीयरिङ कलेजको आवश्यकता विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले प्राविधिक विश्वविद्यालय स्थापना गर्न सदनमा विधेयक प्रस्तुत भई छलफलका क्रममा रहेको बताउनुभयो । 

मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको आकर्षणको केन्द्र बनाउने प्रदेश सरकारको घोषणाअनुरुप प्राविधिक शिक्षा विधेयक सदनमा छलफलका क्रममा रहेको हो भन्नुभयो । उहाँले भन्नुभयो “ विधेयक पारित भएलगत्तै एक पालिका एक प्राविधिक विद्यालय स्थापनाको काम शुरु हुने छ । प्रदेश सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ । ” 

एशोसिएशनका अध्यक्ष डा अजय झाको अध्यक्षतामा भएको उक्त गोष्ठीमा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, इञ्जिनीयर सत्यनारायण साहले प्राविधिक विश्वविद्यालयको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

+2 School
Counseling
Bachelors Portal