SEE Result 2082

मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ कार्यक्रम सञ्चालन गर्न अस्थाइ स्वीकृति

मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीलाई सरकारले व्याचलर अफ आर्किटेक्टर नयाँ कार्यक्रम सञ्चालन गर्न अस्थायी स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रतिष्ठानलाई नयाँ कार्यक्रम थप गर्ने अनुमति प्रदान गरिएको हो ।

४८ जना विद्यार्थी  सिट संख्या निर्धारण गरी सरकारले प्रतिष्ठानलाई नयाँ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको सरकारका प्रवत्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रीपरिषदको हिजोको निर्णय सार्वजनिक गर्दै प्रवत्ता खतिवडाले हिजो कै बैठकले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी विराटनगरलाई बीइ इलेक्ट्रिकलमा विद्यार्थी संख्या ४८ जना नै रहने गरी नयाँ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal