SEE Result 2082

दाङका दशवटा सामुदायिक विद्यालयलाई प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति

दाङ, ३० साउन (रासस) ः प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले दाङका दशवटा सामुदायिक विद्यालयलाई यसपटक प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको छ । 

यसरी अनुमति पाउने बिद्यालयहरुमा मावि सेन्टर तुलसीपुरमा सूचना प्रविधि, गुरुजजुर मावि रक्षाचौरमा बाली विज्ञान, अमर मावि उरहरीमा पशु विज्ञान जन कल्यान मावि दूधराशमा सिभिल इञ्जिनियरिङ, सरस्वती मावि काठेकोलमा घोराहीमा सूचना प्रविधि, रहेका छन् । 

त्यसैगरी पद्यमोदय नमूना मावि घोराहीमा अटोमोबाइल इञ्जिनियरिङ, मावि गोग्लीमा बाली विज्ञान र जनता मावि लमहीमा पनि बाली विज्ञान कक्षा, आर्दश मावि लालमटिया सूचना प्रविधि र मावि रक्षेना घोराहीलाई सिभिल इञ्जिनियरिङ सञ्चालनका लागि अनुमति प्रदान गरेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकले जानकारी दिनुभएको छ । 

सिटिइभिटीले दाङका दशसहित देशभरका ९६ वटा सामुदायिक विद्यालयलाई प्राविधिक कक्षा सञ्चालनको अनुमति दिएको छ । 

+2 School
Counseling
Bachelors Portal