SEE Result 2082

त्रिविको ४९औँ दीक्षान्त समारोह पुस दुईमा, ७७ हजार बढी विद्यार्थी दीक्षित हुने

त्रिभुवन विश्वविद्यालयले ७७ हजार बढी विद्यार्थीलाई दीक्षित गर्न को ४९औँ दीक्षान्त समारोह पुस दुई गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गर्ने भएको छ ।

सो समारोहमा २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते सन् ( १५ जुन २०२२ देखि १५ औं जुन २०२३) सम्ममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् ।

६४ औं वार्षिक दिवसको अवसरमा पारित ६४ औं ग्रेस लिष्टमा २०७९ असार १ देखि २०८० जेठ मसान्त सम्ममा ट्रान्सक्रिप्ट लिइसकेका कुल ७७ हजार १ सय ३ विद्यार्थी रहेका छन् । त्रिवि सभाबाट पारित सो ग्रेस लिष्टमा व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्साशास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी रहेका छन ।

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन,स्कार्फ,टोपी पहिरी बिहान ८ः०० बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने त्रिविले  जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिविले गाउन,स्कार्फ मङ्सिर २४ गतेदेखि मङ्सिर ३० गतेसम्म बिहान १० बजेदेखि बजेदेखि अपरान्ह ४ बजेसम्म प्रदान गर्ने छ ।

सो समारोहमा विद्यावारिधि (पिएचडी) र दीक्षान्त पदक÷पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई सबभन्दा अगाडिको सिटमा आफ्नो नाम तोकिएको सिटमा बस्नेगरी त्रिविले सिट व्यवस्थापन गर्दै आएको छ ।

 

+2 School
Counseling
Bachelors Portal