SEE Result 2082

शिक्षामा सिप कार्यक्रम- ‘मोवाइल एण्ड एलेक्ट्रोनिक्स’ विधा धेरै विद्यार्थीको रोजाइमा

 

काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रबाट सुरु गरेको ‘शिक्षामा सिप’ अन्तर्गत बुक फ्रि फ्राइ डे कार्यक्रममा विद्यार्थीको पहिलो रोजाइमा ‘मोवाइल एण्ड एलेक्ट्रोनिक्स’ विधा पर्न सफल भएको छ ।

महानगरका ५६ विद्यालय मध्ये २२ ओटामा यो तालिम बालबालिकाले लिइरहेका छन् । महानगर पालिका प्रमुख बालेन्द्र शाहका अनुसार दोस्रो रुचिको विधामा कुलिनरी आर्टस पर्न सफल भएको छ । यो विधामा १३ ओटा कक्षा सञ्चालनमा छन् ।

त्यस्तै व्युटिसियन एण्ड हेयर स्टायलमा १२ ओटा, फेसन डिजाइन एण्ड क्लोथिङ्क कन्स्ट्रक्सन (फेसन डिजाइन र कपडा निर्माण)मा ११ ओटा, घरमा तार र विजुली जडान (हाउस वायरिङ् एण्ड इलेक्ट्रिकल) मा ९ ओटा, एग्रिकल्चर एण्ड अर्वन फार्मिङ्गमा ६ वटा, प्लम्बिङ्मा ३ ओटा, कला र मूर्तिकला (स्केचिङ् एण्ड स्कप्चर) मा २ वटा, कार्पेन्ट्री एण्ड उड कार्भिङ् (काठमा बुट्टा कुँदेर बेलबुट्टा भर्ने काम) र विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) डकर्मी कलामा १–१ ओटा कक्षा चलेका छन् ।

यो सत्रको नमूना कार्यक्रम आजको अन्तिम हप्ताको कार्यक्रम भएको प्रमुख शाहले जानकारी दिए। पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सिपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित महानगरले यो कार्यक्रम सुरु गरेको हो ।

उक्त कार्यक्रमका लागि चालु आवमा महानगरले रु एक लाख बजेट विनियोजन गरेको थियो । भने आगामी आवका लागि “गरिखाने शिक्षा, महानगरको इच्छा” योजना अन्तर्गत राखेको छ ।

यो ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला, पाक कलालगायत १० क्षेत्र निर्धारण गरेको छ ।

फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान वायरिङ एण्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरेको छ ।

विद्यार्थीलाई सिकाइका विभिन्न आयामसंग सम्बन्धित व्यवहारिक ज्ञान र प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले महानगरपालिकाले ‘शिक्षामा सिप’ कार्यक्रमबाट शिक्षामा सुधारको लक्ष्य प्राप्त गर्न निरन्तर काम गरिरहेको प्रमुख शाहले बताए । ‘टेक्निकल, एन्ड भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ (टिवेट) शैक्षिक अवधारणा अन्तर्गत सञ्चालन भएको हो ।’ प्रमुख ाशहले भने, ‘काठमाडौँ विश्वविद्यालयले स्नातकोत्तर तहमा टिवेट तालिम र अनुगमन लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । आज विश्वविदँलउको टोली र महानगरले शिक्षामा सिप कार्यक्रमको निरीक्षण एव्म अनुभव आदान प्रदान गर्यो ।’

कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, शिक्षा तथा शैक्षिक क्षेत्रका अधिकारी तथा विषयविज्ञसँग अहिलेसम्मको पृष्ठपोषण लिएर यसको सिकाइ, चुनौती र सम्भावना अध्ययन गर्ने प्रमुख शाहले बताए ।

अनुगमनको लागि टुल्स बनाउन सीटीर्इभीटीका पूर्व महानिर्देशकसँग विज्ञताका लागि सहकार्य गरेको उनले जानकारी दिए ।

 

+2 School
Counseling
Bachelors Portal