SEE Result 2082

बन्द हडताल स्थगन गरी छलफलमा आउन विश्वविद्यालयको अपिल

कृषि तथा वन विज्ञान विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले बन्द हडताल जस्त कार्य स्थगनगरी छलफलबाट समस्या समाधान गर्न आन्दोलनरत पक्षलाई अपिल गरेको छ ।

सो कार्यालयले आज  अपिल जारी गर्दै शिक्षक कर्मचारी अभाव, भौतिक पूर्वाधार अभाव लगायतका बाबजुद विश्वविद्यालयले कठिनाइपूर्वक सञ्चालन गरिरहेको अवस्थामा सम्बोधन गर्न सक्ने मागलाई सम्बोधन गर्दै बाँकीलाई पनि छलफल र वार्तामार्फत टुयाङ्ग्याउने जनाएको छ ।

कर्मचारी संघ संगठनले सो विश्वविद्यालय केन्द्रिय कार्यालय र संकायमा  गत पुस ६ गते देखि तालाबन्दी गरेका छन् ।

तालाबन्दीका कारण दैनिक कार्य संचालनमा अवरोध भएको  विश्वविद्यालयले जनाएको छ ।

स्थापनाको बाह्र वर्से अवधिमा ऐनले व्यवस्था गरेको कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको रामपुर कृषि क्याम्पस रामपुर, वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको वन क्याम्पस हेटौंडाको औपचारिक रुपमा त्रिभुवन विश्वविद्यालयवाट स्वामित्व हस्तान्तरण हुन बाँकी  रहेको जनाएको छ ।

हाल यस विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावरिधिमा गरी ४ हजार ५०० विद्यार्थी अध्ययनरत छन् । त्यस्तै यस विश्वविद्यालयमा ७५० भन्दा बढी शिक्षक, कर्मचारी कार्यरत छन् ।

विश्वविद्यालयका केन्द्रिय कार्यालय, संकाय, आंगिक कलेज र कृषि विज्ञान केन्द्रमा झन्डै १ हजार २५० जना शिक्षक, कर्मचारी आवश्यक रहेको  जनाएको छ ।

 

+2 School
Counseling
Bachelors Portal