SEE Result 2082

दुई दिन भित्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।

बोर्ड उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण लगायतका सम्पूर्ण प्रक्रिया सकेर नतिजा प्रकाशनका लागि बोर्ड तयारी अवस्थामा रहेको जनाएको छ ।

सम्पूर्ण प्रक्रिया सकिएको हुँदा प्राविधिक समस्या नआएमा भोलि साझसम्ममा नतिजा सार्वजनिक गर्ने बोर्डको उच्च स्रोतले जानकारी दियो ।

बोर्डका अनुसार नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाइएको भए पनि बसिसकेको भने छैन । बोर्डले गत भदौ २५ र २६ मा लिइएको परीक्षामा एक लाख २७ हजार परीक्षार्थी सहभागी भएका छन् ।

गत साउन १८ गते सार्वजनिक गरिएको नतिजा अनुसार कुल चार लाख ९१ हजार ४९७ मध्ये नियमिततर्फ नियमितर्फ ३ लाख ९० हजार ८६८ नियमितर्फ ३ लाख ९० हजार ८६८ सहभागी थिए । सो परीक्षामा नियमित तर्फ २ लाख ३ हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका थिए । सो परीक्षामा सहभागी मध्ये ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) मा पर्न सफल भएका थिए । एन जी ल्याउनेको संख्या १ लाख ८७ हजार २१ जना थिए । नन ग्रेडमा परेका मध्ये ६० हजार परीक्षार्थीले परीक्षा भने दिएका थिइनन् ।

कुल परीक्षार्थीको ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी–अनुत्तीर्ण) भएका थिए । नियमिततर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८–७९ का २८।२६ प्रतिशत पास भएका छन् भने २०७६–०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

+2 School
Counseling
Bachelors Portal