SEE Result 2082

ब्रिटिस कलेजले पायो नेपालमै पहिलो पटक ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो ।

यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त गर्ने पहिलो कलेज बनेको छ । बीएसीको टिमले कलेजको हरेक पक्षलाई शुक्ष्म ढंगले अध्ययन तथा अनुसन्धान गरेर टीबीसीलाई मान्यता दिएको हो । बीएसी आफैमा पनि प्रतिष्ठित संस्था रहेको कारणले गर्दा सामान्य त्रुटीहरु भेटिए पनि शैक्षिक संस्थाहरुलाई आफ्नो मान्यता दिँदैन । ब्रिटिस कलेजले पनि हरेक पक्षमा ध्यान दिएको कारणले गर्दा कठिन तरिकाले मान्यता प्राप्त गरेको हो ।

बीएसीले शैक्षिक संस्थाहरुलाई मान्यता प्रदान गर्नको लागि कलेजको भौतिक संरचना, विद्यार्थी, कर्मचारी लगायतका विषयहरुको जाँच गरेको थियो । टीबीसीले विद्यार्थी तथा कर्मचारीहरुलाई दिएको सुविधा, पाठ्यक्रम, कर्मचारीहरु, बिभिन्न विभागहरु, भवनको संरचना, अनलाइन सेवा सुविधाहरु, विद्यार्थी भर्ना फ्रकृया, विद्यार्थीहरुको लागि अतिरिक्त त्रियाकलाप तथा रोजगारीका अवसरहरु प्रदान गरेको कारण बीएसीको मान्यता पाएको हो । यससँगै बीएसीले टीबीसीको साझेदार संस्थाहरु, सल्लाहकार समिति, सहयोगी प्यानलहरुको समूह लगायतको पनि जाँच गरेको थियो ।

 

कोभिड– १९ को महामारीको समयमा कलेजले कसरी शिक्षा प्रदान गरिरहेको छ भनेर ब्रिटिस एक्रिडेसन काउन्सिलले प्रत्यक्ष रुपमा विद्यार्थीहरुको सिकाई, एकेडेमिक टिमको कार्यशैली लगायतका कामको अवलोकन तथा मूल्यांकन गरेका थिए । यो कठिन अवस्थामा पनि कलेजले प्रभावकारी रुपमा काम गरेको, विद्यार्थीहरुले भोग्नुपरेका प्राविधिक कामहरुलाई पनि समाधान गरिदिएको साथै शिक्षक तथा कर्मचारीहरु विद्यार्थीहरुलाई आवश्यक परेको समयमा उपलब्ध भएकाले पनि मान्यताको लागि सकारात्मक पाटो बनेको हो ।

टीबीसीका मार्केटिङ तथा एडमिसन हेड अमरद्वीप मण्डलले महत्वपूर्ण मान्यता पाएसँगै कलेज परिवार निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । साथै, कलेजले आगामी दिनमा अझै उत्कृष्ट काम गर्नको लागि विद्यार्थी, पूर्व विद्यार्थी, कर्मचारीका साथै बिभिन्न संस्थाहरुसँग काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ब्रिटिस एक्रिडेसनबारेः

ब्रिटिस एक्रिडेसन काउन्सिल शैक्षिक गुणस्तर प्रमाणिकरणको प्रमाणपत्र दिने संस्था हो । यसले ब्रिटिस विश्वविद्यालयको सम्बन्धनमा संचालनमा रहेका शैक्षिक संस्थाहरुको नियमित गुणस्तरको जाँच गर्ने गर्दछ । सन् १९८४ मा स्थापना भएको यो संस्थाले बेलायतमा स्वतन्त्र रुपमा निजी शैक्षिक संस्थाहरुको गुणस्तरको मापन गर्दै आएको छ । बीएसीको एक्रिडेसन विश्वभरी नै विद्यार्थी, एजेन्ट्स तथा सरकारी अधिकारीहरुमाझ प्रख्यात रहेको छ ।

Read the news in English:

+2 School
Counseling
Bachelors Portal