SEE Result 2082

आर्थिक वर्ष २०७८–७९ को बजेट तर्जुमा गर्न सबै स्थानीय तह र इकाइसंग केन्द्रले विवरण माग्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय आ व २०७८-७९ को वजेट तर्जुमा लागि विवरण संकलन गर्ने कार्यमा जुटेको छ । आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट तर्जुमाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

साबिकको जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय एवम् शिक्षा विभागबाट अनुमतिरस्वीकृतिरसम्वन्धन प्राप्त स्रोत कक्षा, विशेष विद्यालय, परम्परागत तथा धार्मिक विद्यालय, घुम्ती विद्यालय, वैकल्पिक विद्यालयको विवरण केन्द्र्रले सम्बन्धित स्थानीय निकाय संग माग गरी सम्बन्धित इकाई मार्फत अद्यावधिक गराई फागुन ३० गते भित्र केन्द्रको आधिकारिक ठेगानामा पठाउन सूचित गरेको केन्द्रका योजना तथा अनुगमन शाखा अधिकृत अर्जुन ढकालले जानकारी दिए ।

 

 

+2 School
Counseling
Bachelors Portal