SEE Result 2082

केन्द्रले कुल बजेटको करिब ५८ प्रतिशत रकम बैठक भत्तामा खर्च गर्यो

पाठ्यक्रम विकास केन्द्रले यो वर्ष पाठ्यक्रम तथा पाठ्यपुस्तक तर्जुमा कार्यमा रू.१० करोड ५३ लाख १५ हजार खर्च गरेको छ ।

सो खर्च मध्ये बैठक भत्तामा मात्र रू.६ करोड ६ लाख २९ हजार खर्च गरेको महालेखापरीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख गरेको छ ।

केन्द्रले अहिलेसम्म सरकारको एक स्थानीय तह एक प्राविधिक धारका विद्यालय स्थापना गर्ने नीति अनुसार यो वर्षसम्म २७८ विद्यालयमा प्राविधिक धारको विद्यालय सञ्चालनमा ल्याएको छ।

कक्षा ९ देखि १२ सम्म लागू भएको प्राविधिक धारको लागि विभिन्न विषयका १५० भन्दा बढी पाठ्यक्रम लागू गरिएको छ । तर केन्द्रले पाठ्यक्रम बमोजिमका पाठ्यपुस्तक निर्माण गर्न सकेको छैन ।

यसैगरी साधारणतर्फ कक्षा ११ र १२ को ऐच्छिक विषयको पाठ्यपुस्तक समेत तयार गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

पाठ्यपुस्तकको अभावमा सम्बन्धित विषयको पठनपाठनमा असर गर्ने भएकोले विद्यालय शिक्षाका सबै विषयहरूमा पाठ्यपुस्तक निर्माण गरी विद्यार्थीको सिकाइ प्रक्रियालाई सरल बनाउनुपर्ने एकातर्फ देखिएको छ भने अर्को तर्फ अत्यावश्यक पाठ्यक्रम र पाठ्यपुस्तक तर्जुमा गर्न नसक्ने तर फजुल खर्च भने नियन्त्रण गर्न सकेको छैन् ।

+2 School
Counseling
Bachelors Portal