SEE Result 2082

आयोगले प्राथमिक तहको खुला तर्फको विज्ञापन गर्यो (विज्ञापन सहित)

शिक्षक सेवा आयोगले आज प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गरेको छ ।आयोगले यो विज्ञापनको प्रतिस्पर्धा र छनोट जिल्लास्तरमा गर्ने भएको हो ।

इच्छुक कुनै पनि उम्मेदवारले एक जिल्लामा मात्र दरखास्त फाराम पेश गर्न सक्ने आयोगद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

 

आयोगले पुरानै शैलीमा एउटै परीक्षा मार्फत खुला र समावेशी समूहहरूको उम्मेदवार छनोट गर्ने गरी सूचना प्रकाशित गरेको छ । आदिवासीजनजात, तराईमधेशमा बसोबास गर्ने मधेशी, आदिवासीजनजाति, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदाय वा दलित समूहबाट उम्मेदवार हुने व्यक्तिले कुनै एक समूहको उम्मेदवारको रुपमा मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । भने, महिलाको हकमा यो व्यवस्था लागू गरेको छैन ।

अपाङ्गता भएको कारण आफैले लेख्न नसक्ने दृष्टिविहीन वर्गको न्यून दृष्टि र दुबै हात नचल्ने (अपाङ्गता) उम्मेदवारले सहयोगी लेखक माग गरेमा सम्बन्धित तहका लागि तोकिएको न्यूनतम योग्यताभन्दा कम्तीमा एक तहमुनिको योग्यता भएको व्यक्तिलाई सहयोगी लेखकको रूपमा परीक्षामा बस्न उम्मेदवारको स्थायी बसोबास भएको जिल्ला वा परीक्षा केन्द्र रहेको जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइले अनुमति दिन सक्ने सूचनामा उल्लेख छ ।

सहयोगी लेखकले तोकिएको तह एक वर्ष अगाडि मात्र उत्तीर्ण गरेको हुनुपर्ने छ । विदेशी शिक्षण संस्थाको शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गराएको हुनुपर्नेछ । लिखित परीक्षा (सामान्य) मा उत्तीर्ण हुने उम्मेदवार मात्र विषयगत परीक्षामा सहभागी हुन पाउने आयोगको सूचनामा उल्लेख छ ।

यहाँ क्लिक गर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal