SEE Result 2082

निमाविको लागि आयोगले गर्यो विज्ञापन

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको प्रतियोगितात्मक लिखित  परीक्षाका लागि विज्ञापन  माग गरेको छ । निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

आयोगको हिजोेको निर्णयानुसार शिक्षक पदमा खुला तथा समावेशी  प्रतियोगितात्मक  परीक्षाबाट  स्थायी  पदपूर्ति गर्न आवेदन माग गरेको हो ।इच्छुक उम्मेदवारहरूले आजेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

विस्तृत विवरणका लागि आयोगको वेबसाइटमा हेर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।  उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टलमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

+2 School
Counseling
Bachelors Portal