SEE Result 2082

परामर्शदाताले फागुन ११ गतेभित्र आवेदन केन्द्रमा पठाउनु पर्ने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक बालविकास तथा शिक्षा सवलीकरण कार्यनीतिको मस्यौदा तयारीका लागि परामर्श प्रदान गर्न प्रस्ताव माग गरेको छ ।

आर्थिक वर्ष २०७९–८० को वार्षिक स्वीकृत कार्यक्रम आवश्यक योग्यता भएका परामर्शदाताहरुबाट २०७९ फागुन ११ गतेसम्म कार्यालय समयभित्र केन्द्रमा प्रस्ताव पेश गर्न आव्हान गरेको हो ।

 फागुन महिनाको १५ गते देखि काम शुरु गरी बैशाख मसान्तसम्म काम सम्पन्न गरिसक्ने गरी प्रस्ताव माग गरेको छ । प्रारम्भिक बालविकास तथा शिक्षा सवलीकरण कार्यनीतिका लागि सुझाव संकलनको खाका तयार गर्ने, सुझाव संकलनका लागि धुलिखेलमा सञ्चालन गरिने राष्ट्रिय स्तरको र बर्दिबासमा सञ्चालन गरिने फिल्डस्तरको कार्यशालामा उपस्थित भई सुझाव टिपोट र संग्रह गर्ने र प्राप्त सुझावहरु समेटेर कार्यनीतिको प्रारम्भिक मस्यौदा तयार गर्न सक्नेबाट प्रस्ताव माग गरेको छ ।

शिक्षा शास्त्रमा कम्तीमा स्नातकोत्तर तह उतीर्ण गरी प्रध्यापन वा अध्ययन वा अनुभव भएको, अनुसन्धानमा कम्तीमा ५ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

+2 School
Counseling
Bachelors Portal