SEE Result 2082

परिषद्ले दियो केन्द्र अगाडि धर्ना

सरकारले आफूहरूसँग पटक–पटक गरेका सहमति उल्लंघन गरेको भन्दै देशभरका विद्यालय कर्मचारीले अहिले शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्नामा बसेका छन् ।

आफ्ना माग पुरा नभएपछि नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले केन्द्रका अगाडि धर्ना दिएको हो ।

 सरकारले विद्यालय कर्मचारीको पूर्ण सेवासुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक ९लेखापाल० हरूका लागि रू ३४,७३० मासिक तलब र दुई हजार रूपैयाँ महंगी भत्ता गरी जम्मा रू ३६,७३० दिनुपर्ने, विद्यालय सहयोगीलाई रू २४,२१० र महंगी भत्ता दुई हजार गरि रू २६,२१० दिनुपर्ने बताए ।शिक्षा ऐन २०२८ मा संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्याई स्वतः स्थायी गर्नु पर्ने लगायतका माग राखी कर्मचारीहरू आज देखि सडक आन्दोलनमा उत्रिएका हुन् ।

+2 School
Counseling
Bachelors Portal