SEE Result 2082

साउन पाँच गतेभित्र विद्यालयको विवरण अद्यावधिक गर्नुपर्ने (अद्यावधिक भएका विद्यालयसहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले असार १५ गते भित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक नभएका विद्यालयलाई साउन १५ गतेभित्र विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

केन्द्रले सूचना जारी गर्दै स्थानीय तहले निर्धारण गरेको शर्त र मापदण्ड पुरा गरी विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो ।

अद्यावधिक गर्न अनुरोध गरिएकोमा उक्त अवधिभित्र अद्यावधिक भएका विद्यालयको विवरण यसै सूचनामार्फत सार्वजनिक गरिएको छ ।

निर्धारित समयावधि भित्र अनलाइनमा विवरण अपलोड गर्दा प्राविधिक कारण प्रोफाइल अपडेट नभएका विद्यालयलाई अनलाइन प्रोफाइल अपडेट गर्न र निर्धारित समयभित्र विवरण अद्यावधिक नगर्ने विद्यालयका हकमा अपडेट गर्न लगाइ अद्यावधिक गर्न लगाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

अद्यावधिक भएका विद्यालयहरू

+2 School
Counseling
Bachelors Portal