SEE Result 2082

शिक्षा विधेयक शिक्षक प्रतिनिधि बसेर नै लेखेको होः मन्त्री राई

 विद्यालय शिक्षा सम्बन्धी विधेयक, २०८० सरोकारवालासंग शिक्षक प्रतिनिधि नै बसेर विधेयकका मस्यौदा तयार पारिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताएका छन् ।

 शुक्रबारको संसद्मा  सैद्धान्तिक छलफलमा उठेका प्रश्नलाई संक्षेपमा प्रस्तुत गर्दै उनले विधेयक मन्त्रीपरिषद्मा नै दुई पटक पुगेको र २०७५मा नै मस्यौदा तयार पारिएको, ब्रिफिङ गरिएको भएपनि सरोकारवालसंग जुन हदसम्म पुग्नु पर्ने हो नपुगेको स्पष्ट पारे ।

विधेयक फिर्ता लिएर परिमार्जनमा जानुभन्दा संसदीय प्रक्रिया मार्फत् संशोधन जानु उपयुक्त हुने बताए ।सरोकारवालासंग गरेको छलफलमा उठेका मागलाई संसद्मा पुर्याउने प्रतिवद्धता गरेको उनले जानकारी दिए ।

निजी क्षेत्रका विद्यालयलाई प्राथमिकता दिइयो भन्ने विषयको जवाफ दिँदै उनले संविधानले गरेको व्यवस्था अनुरुप आएको बताए । ९१ जनाले प्रश्न सोधेको मन्त्री राईले जानकारी दिए 

+2 School
Counseling
Bachelors Portal