SEE Result 2082

चैत्र २५ र २६ गते हिसानको आठौं महाधिवेशन हुने

नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान शिक्षा बहस गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न हुने भएको छ ।

‘शिक्षा विकासमा सार्थक साझेदारी: हिसानको योगदान र जिम्मेवारी’ भन्ने मुल नाराका साथ चैत्र २५ र २६ गते काठामाडौंमा आयोजना हुने महाधिवेशनको सम्पूर्ण तयारी सकिएको हिसानले जानकारी दियो ।

महाधिवेशन सम्बन्धी जानकारी गराउने उद्देश्यले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा ‘महाधिवेशनले नेपालभर संचालित निजी शिक्षालयहरूवीचको एकतालाई मजबुत तुल्याउन, निजी शिक्षालयहरूको समस्या पहिचान गरी सामुहिक  रूपमा समस्या समाधान गर्न, दबाब समूहको  रूपमा कार्य गर्न, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्वपूर्ण योगदान पुयाई आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई ध्यानमा राखी गुणस्तरीय शिक्षा प्रदान गर्न र माध्यमिक विद्यालय तथा उच्च शिक्षालयमा भएको लगानीलाई सुरक्षित गर्न विषेश जोड दिइएको ।’ जानकारी दिइयो ।

हाल संचालनमा रहेका निजी लागानिबाट संचालित माध्यमिक विद्यालय १०+२ तथा उच्च शिक्षालयहरूको संख्या १९७७ भन्दा बढि पुगिसकेको छ । करिब ५ लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत छन् । २ लाख भन्दा बढी शिक्षक, प्राध्यापक एवं कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । लाखौले अप्रत्यक्ष रोजगारी पाएको छन् । राज्यले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने दायित्वलाई घटाउँदै लगेको अवस्थामा निजी शिक्षालयहरूले लगानी बढाउदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छन् यसले मुलुकको बदलिदो परिवेश अनुसार निजी शिक्षालयहरूले शिक्षा जगतमा अहम भूमिका खेलेका पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिक्षा सेवामूलक र व्यवसायिक क्षेत्र भएको साथै निजी शिक्षालयले विद्यार्थी र अभिभावकलाई मात्र नभई सिङ्गो राष्ट्रलाई पनि प्राज्ञिक एवं शैक्षिक सेवा प्रदान गरी मुलुक प्रतिको दायित्व पुरा विञप्तिमा उल्लेख गरिएको छ ।

उत्कष्ट शिक्षा नेपालमै भन्ने नारा साथ उकृष्ट शैक्षिक संस्था र कार्यक्रम हुँदा हुदै पनि विदेशी शिक्षाको नाममा बार्षिक  रूपमा लाखौ विद्यार्थीहरू बाहिर जाने र अरबौं  रूपैया बाहिरिरहेको सन्दर्भमा शिक्षालय संचालक र सरकार संवेदनशीन हुन जरूरी छ । त्यसको लागि निजी क्षेत्र मात्र होइन सामुदायिक क्षेत्रसँग समेत हातेमालो र सहकार्य गर्दै सार्वजनिक संस्थागत साझेदारी मार्फत राष्ट्रको समग्र विकासमा हिसान प्रतिवद्ध रहेको जनाएको छ ।

पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठ काठमाडौंमा हुने आठौं महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिको सहभागिता र ५० जना पर्यवेक्षकहरू गरी ६५० जनाको उपस्थिति हुने सम्मेलनमा जानकारी दिइयो ।

 

+2 School
Counseling
Bachelors Portal