SEE Result 2082

दुई हजार पनि बाँकि राखेनन् प्रधानाध्यापकले

सितैमा पाए भने अलकत्र पनि निल्छन् भन्ने नेपाली उखानलाई चरितार्थ गरेका छन्  जनता माध्यमिक विद्यालय नकटाजिझ, धनुषाका धनुषाका प्रधानाध्यापक महेन्द्र महतो(मावि तृतीय श्रेणी)  ले  ।

एसईईको रजिष्टेसन फर्म नभरेका विद्यार्थीलाई फारम भरी प्रवेशपत्र दिलाइदिन्छु भनी  रु. २ हजार घुस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको हो ।

आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रू। दुई हजार घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै विद्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान  अघि बढाएको अख्तियारले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal