SEE Result 2082

त्रिविका उपप्रध्यापक छनोटको लागि लिने अन्तर्वार्ता तोकिएको समयमा हुने (अन्तर्वताको सूचना सहित)

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कात्तिक ३० गतेका लागि तय गरिएको उपप्राध्यापक पदको परीक्षा यथावत् रहेको जनाएको छ ।

२०७७ सालमा गरेको विज्ञापनको अन्तर्वार्ता भोलिबिहान ८ बजेदेखि सञ्चालन गर्ने भएको हो ।

पटक पटक विभिन्न समूहको दवावमा अन्तर्वार्ता तोकिए पनि हुन सकेको थिएन । यस पटक पनि अन्तर्वार्तको समय तालिका प्रकाशन भएपछि नी आंशिक प्राध्यापकहरूले आयोगमा ताला लगाउने चेतावनी दिएका थिए ।  त्रिविले आंशिकलाई करार बनाउन कार्यदल गठन गरेपछि  चेतावनीका बिच आयोगले तोकिएकै मितिमा परीक्षा हुने जनाएको हो ।

२०७७ सालमा ५८१ उपप्रध्यापक छनोटका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको थिए । मुद्दाको फैसला भएपछि आयोगले लिखित परीक्षाको मिति तय गरेको थियो ।

सूचना हेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal