SEE Result 2082

शिक्षक कर्मचारीको तलब नपुग्ने स्थानीय तहले १५ गतेभित्र माग गर्नुपर्ने

चालु आर्थिक वर्षमा यस बर्ष वृद्धि भएको तलव प्रदान गर्न विनियोजित बजेटले नपुग्ने स्थानीय तहले चैत्र १५ गते भित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गर्न केन्द्रले पत्राचार गरेको छ ।

कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८–०७९ को अनुसूची १ को ढाँचा अनुसार शिक्षक तलव र बालविकास–विद्यालय कर्मचारी अनुदान शीर्षकमा छुट्छुट्टै विवरण तयार गरी पठाउन निर्देशन दिएको हो । केन्द्रले आज एक सूचना जारी गरी सबै स्थानीय तहलाई यस्तो निर्देशन  दिएको छ ।

स्थानीय तहले सम्वन्धित शिक्षा विकास तथा समन्वय इकाइमा र इकाइले स्वीकृत दरवन्दी र बजेट हिसाव रूजु नपुग बजेटको जिल्लागत एकीकृत विवरण केन्द्रमा पठाउनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

आज प्रकाशित सूचना अनुसार यस अगाडि पेश गरिसकेका स्थानीय तहबाट तलव–अनुदान हिसाव गर्दा चालु आवमा बृद्धि भएको बजेट हिसाव नभएको भए सो अनुसार हिसाव गरी पुनः पेश गर्नुपर्ने उल्लेख गरेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी र बालबिकास शिक्षकरसहजकर्ताको तलव भत्ता नपुग भइ थप बजेट व्यवस्थाका लागि केन्द्रमा हालसम्म माग भई केही स्थानीय तहले यस अघि नै माग फारम पेस गरसकेको सूचनामा उल्लेख गरिएको छ ।

 

+2 School
Counseling
Bachelors Portal