SEE Result 2082

महानगरपालिकाले हटायो स्वयम्सेवक शिक्षक

पर्साको वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुनेगरी स्वयम्सेवक शिक्षकलाई सेवाबाट हटाएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईका अनुसार महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत सबै स्वयम्सेवक शिक्षकलाई हटाइएको जानकारी दिए।

नगर शिक्षा समितिको मङ्गलबार बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण स्वयम्सेवक शिक्षकलाई हटाउने निर्णय गरेको थियो । महानगरपालिकाले गत साउन १ गतेदेखि आधारभूत तह र माध्यमिक तहमा एक सय ५७ स्वयम्सेवक शिक्षक राखेको थियो ।

+2 School
Counseling
Bachelors Portal