SEE Result 2082

विद्यालय बन्द फिर्ता लिई वार्तामा आउन परिषदलाई मन्त्रालयको आग्रह

१२ दिन अगाडिदेखि सडक आन्दोलन गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषदलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको छ ।

मन्त्रालयले विद्यालय बन्दको कार्यक्रमलाई स्थगित गरी वार्तामार्फत् समस्या समाधान गर्न मन्त्रालयले परिषद्लाई पत्राचार गरेको हो ।

शिक्षक महासंघसंग भएको सहमतिका विषयमा मन्त्रालयवाट अन्य निकायसँग समन्वय गरी समस्याको समाधान खोज्ने प्रयास गरेको, गत साउन २३ गते प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उठाएका मागहरूको विषयमा नेपाल शिक्षक महासंघ मार्फत् छलफल तथा वार्तामा सहभागी हुन मन्त्रालयले परिषद्लाई पत्राचार गरेको छ ।

+2 School
Counseling
Bachelors Portal