SEE Result 2082

एसईईको रिटोटलिङका लागि आवेदन दिनेको संख्या १६ हजार नाध्यो,गणित, विज्ञानमा आवेदन दिनेको संख्या धेरै (पहिलो चरणको नतिजा सहित)

 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो चरणको रिटोटलिङको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले लब्धाङ्क पत्र सहित सार्वजनिक गरेको पहिलो चरणको नतिजामा दुर्गमका विद्यार्थीको नतिजामा फरक पर्न गएको छ ।

बोर्डले पहिलो चरणमा ९८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार १.६ जीपीए आएका विद्यार्थीको नतिजामा ३.२२ जीपीए आएको छ ।

 बोर्डले आइतबारसम्म रिटोलिङका लागि आवेदन दिने म्याद दिएको छ । रिटोटलिङका लागि अनलाइन आवेदन खुला गरिएपछि अहिले देशैभरिबाट १६ हजार भन्दा बढीले आवेदन दिएको बोर्डले जाकारी दियो ।

रिटाटलिङका लागि आवेदन दिनेमा बढीले गणित, विज्ञान र अङ्ग्रेजी विषयका लागि आवेदन दिएका छन् ।

रिटोटलिङका लागि आवेदन दिनेको संख्या निर्धारित समयसम्ममा १८ हजार नाध्ने बोर्डको अनुमान छ ।

भौतिक रुपमा आवेदन दिने प्रक्रियालाई अनलाइन प्रक्रियामा लगेपछि रिटोटलिङ गर्नेको संख्या बढेको बोर्डको अनुमान छ । बोर्डका अनुसार गत वर्षको एसईईमा करिब चार हजारले आवेदन दिएका थिए ।

रिटोटलिङको नतिजाः

परिवर्तित ग्रेडसिट पनिहेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal