SEE Result 2082

माविमा आवेदन दिनको संख्या ३२ हजार कट्यो

शिक्षक सेवा आयोगले गत पुस ८ गते संशोधन सहित ४४२ पदका लागि गरेको माध्यमिक तह तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षामा आवेदन दिनेको संख्या ३२ हजार १५४ पुगेको छ । नियमित दस्तुरमा आवेदन दिन समय आज र भोलि बाँकी रहदा रिक्त पद भन्दा ७३ गुणा भन्दा बढीले आवेदन दिएका हुन् ।

आयोगका अनुसार आज १२ बजेसम्म प्रतिघण्टा ५ सय बढीले आवेदन दिइरहेका छन् । आज र भोलि नियमित दस्तुरमा र १५ गते सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिने समय भएको हुँदा माविको प्रतिस्पर्धा कडा हुने आयोगको दाबी छ ।

आयोगले गण्डकी प्रदेशमा विभिन्न विषयका लागि ६ पद थप गरेको छ । नेपाली विषयका लागि १, अङ्ग्रेजीका लागि १, गणितका लागि १, विज्ञानका लागि १, सामाजिक लागि १, कार्यालय सञ्चालन तथा लेखाका लागि १ पद थप गरेको छ र आयोगले साविकका पदमा थप र बाँकी अन्य प्रदेश र विषयहरुको हकमा यथावत गरेको छ ।

आयोगले गरेको विज्ञापन अनुसार नेपाली विषयका लागि ६७, अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि ३ गरी जम्मा ४३६ रिक्त पदका लागि विज्ञापन गरेको थियो ।

आयोले जारी गरेको आजको विज्ञापनको सामान्य परीक्षा चैत्र ३ गते दिउसो १ बजे सञ्चालन गर्ने छ ।

 

+2 School
Counseling
Bachelors Portal