SEE Result 2082

प्रधानाध्यकपकलाई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित एक प्रधानाध्यकपकलाई पक्राउ गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्दियास्थित राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागेका थिए।

उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घूस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। उनले १४ हजार ५०० रुपैयाँ घुस लिएको प्रवक्ता दाहालको भनाइ छ।

+2 School
Counseling
Bachelors Portal