SEE Result 2082

प्रयोगशाला तथा अनुसन्धान कक्षमा लगाएको ताला शीघ्र खोल्न प्राध्यापकको आग्रह

काठमार्डौं विश्वविद्यालय प्राध्यापक संघले विश्वविद्यालयको स्कुल अफ इञ्जिनियरिङ्ग अन्तर्गतका केही प्रयोगशाला तथा अनुसन्धान कक्षमा लगाएको ताला शीघ्र खोल्न आग्रह गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै जायज माग सम्बोधन गरी ताला खोल्न आग्रह गरेको हो ।

‘प्राध्यापक संघ सधै विद्यार्थीहरुले सहज र गुणस्तरीय शिक्षा पाउनु पर्छ भन्ने मान्यता राख्दछ र विद्यार्थीहरुले उठाएका जायज शैक्षिक उन्नयनका मागहरु सधै यथाशिघ्र सम्बोधन हुनुपर्दछ भन्ने पनि मान्यता राख्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘ विद्यार्थीहरुलाई आफ्ना माग राख्दा संयमित र मर्यादित भएर प्रस्तुत हुन आग्रह गर्दछ र माग राख्ने क्रममा यदि कुनै पनि प्रकारका अमर्यादित र अनैतिक क्रियाकलापहरु हुन्छ भने त्यसलाई अत्यन्तै निन्दनीय मान्दछ ।’

नेपालमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या दिनानुदिन घट्दै गएको छ । यसको निराकरणको लागि हाम्रा विश्वविद्यालयहरुले आफ्नो क्षमता थप वृद्धि गरी अन्तर्राष्ट्रिय रुपमा आफूलाई अब्बल राख्नु पर्ने आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal