SEE Result 2082

विद्यालय सञ्चालनको जिम्मा विद्यालयलाई

ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्वन्धित सरोकारवालाहरुसँग छलफल गरी स्वास्थ्य सम्वन्धी मापदण्डको पूर्ण रुपमा पालना गरी विद्यालय सञ्चालन गर्ने जिम्मा विद्यालयलाई नै दिएको हो ।

तर, विद्यालयले विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ ले निर्धारण गरेका सम्पूर्ण प्रक्रियाहरु अवलम्बन गर्दै आफ्नो विद्यालयको भौतिक, शैक्षिक अवस्था अनुसार कार्य योजना तयार गरी असोज १ गतेवाट पठनपाठन सम्वन्धी कार्य सञ्चालन गर्न विद्यालयहरुलाई नै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख महेन्द्र वहादुर क्षेत्रीले बताए ।

विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी अनिवार्य रुपमा कार्यढाँचा तथा स्वास्थ्य मापदण्डका सम्वन्धमा अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरुलाई विद्यालयले अभिमुखीकरण गराई सो को जानकारी महानगरपालिकामा पेश गर्नकालागि हिजै सार्वजनिक सूचना जारी गरिसकिएको प्रमुख क्षेत्रीले जानकारी दिए ।

विद्यालयका लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री (मास्क, सेनिटाइजरसमेत) प्रदान गर्ने महानगरपालिकाले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal