SEE Result 2082

शिक्षक सेवा आयोगद्वारा लाइसेन्स परीक्षाको सात विषयको नतिजा सार्वजनिक (नतिजाको पूर्णपाठ सहित)

शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको अध्यापन अनुमतिपत्र तिखित परीक्षाको केही विषयको नतिजा सार्वजनिक गरेको छ ।आयोगले सय पूर्णाङ्कको लिखित परीक्षामा समिलित परीक्षार्थी मध्ये न्यूनतम् ५० अङ्क प्राप्त गर्ने सबै उम्मेद्वारलाई उत्तीर्ण गर्दै नतिजा सार्वजनिक गरेको आयोगले जानकारी दियो । 

आयोगले माध्यमिक तह कम्प्युटर विज्ञान, बाली विज्ञान, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर,पशु विज्ञान, कानुन र कम्प्युटर इन्जिनियरङको नतिजा सार्वजनिक गरेको छ । 

आयोगका अनुसार इलेक्ट्रिकल इन्जिनियरङ विषयको लिखित परीक्षामा ९१ जना सहभागी मध्ये ४३ जना मात्र उत्तीर्ण भएका छन् । यो विषयमा ३९.९९ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

सिभिल इन्जिनियरिङ विषयको लिखित परीक्षामा २९८ जना परीक्षार्थी सहभागी भएका मध्ये ४९ जना मात्र उत्तीर्ण भएका छन् । यो विषयको परीक्षाको उत्तरपुस्तिकामा प्रश्नपत्र कि उल्लेख गर्न विर्सन ४ जना मात्र रहेका छन् ।यो विषयमा १६.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै पशु विज्ञान विषयको परीक्षामा ४३ जना सहभागी भएकोमा २९ जना उत्तीर्ण भएका छन् । यो विषयमा ६७.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

त्यस्तैगरी बाली विज्ञान  विषयमा ३८० जना परीक्षार्थी लिखित परीक्षामा सम्मिलत  भएका मध्ये २४९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यो विषयमा ६५.११ प्रतिशत परीक्षर्थी उत्तीर्ण भएका छन् ।  भने कानुन विषयको लिखित परीक्षामा ४४ जना सम्मिलित भएकामध्ये ३५ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।  यो विषयमा जम्मा ७९.५छ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी कम्प्युटर इन्जिनियरिङ विषयमा २७९ परीक्षार्थी लिखित परीक्षामा सहभागी भएकोमा ६० जना मात्र उत्तीर्ण भएका छन् ।  यो विषयमा जम्मा २१.५१ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । भने कम्प्युटर विज्ञानको लिखित परीक्षामा ६५५ जना सहभागी भएका मध्ये ३४८ जना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । यो  विषयमा ५८.६३ प्रतिशत मात्र परीक्षा उत्तीर्ण भएका छन् ।

इलेक्ट्रिकल इन्जिनियरङ विषयको नतिजा

सिभिल इन्जिनियरिङ विषयको नतिजा

पशु विज्ञान विषयको नतिजा

कम्प्युटर इन्जिनियरङ विषयको नतिजा

बाली विज्ञान विषयको नतिजा

कानुन विषयको नतिजा

कम्प्युटर विज्ञान विषयको नतिजा

 

+2 School
Counseling
Bachelors Portal