SEE Result 2082

प्रावि लिखितको नतिजा अगावै माविको विज्ञापन हुने

शिक्षक सेवा आयोगले प्राथमिक तहको लिखितको नतिजा सार्वजनिक गर्नुभन्दा अगाडि नै माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन गर्ने भएको छ ।

आयोगले सार्वजनिक गरेको बार्षिक कार्यतालिका अनुसार प्राविधिक समस्या नभएमा पुस दोस्रो हप्ता  अन्यथा  पुसको तेस्रो हप्ता भित्र विज्ञापन गर्ने भएको हो । माविको विज्ञापन सार्वजनिक भए लगत्तै प्राथमिक तहको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने आयोगले जानकारी दियो । 

आयोग उच्च स्रोतका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट रिक्त दरबन्दी संशोधन भएर आउन साथ विज्ञापन गर्ने भएको छ । विज्ञापन गर्नका लागि आवश्यक तयारी सकिए पनि केन्द्रले कतिपय जिल्लाको दरबन्दी संशोधन गरिरहेको हुँदा आयोगलाई विज्ञापन सार्वजनिक गर्न पुस तेस्रो हप्ता सम्म कुर्नु पर्ने भएको हो ।

आयोगलाई  केन्द्रले पठाएको माविको सुरुको ४०२ रिक्त दरबन्दी  पाठाएको छ । केन्द्र अहिले पनि दरबन्दी संशोधन कार्यमा लागि रहेको हुनाले केही दरबन्दी बढी हुन सक्ने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए । उनका अनुसार  अहिलेसम्म आयागले विज्ञानको १२३,  गणितको ८८,  अङ्ग्रेजी, ७८, नेपाली ७०, र सामाजिकको ४८ जना र अन्य ऐच्छिक विषयको २८ जनाको विज्ञापनका लागि तयारी गरिसकेको छ ।

+2 School
Counseling
Bachelors Portal