SEE Result 2082

कक्षा १२ को नतिजा मंसीर १५ गते सम्ममा सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षाफल मंसीर १५ गते भित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ । उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने कार्य ५० प्रतिशत सकिसकेको बोर्डले जानकारी दियो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले सबै काम एकै साथ भएकालाई यसलाई परीक्षण तथा सम्परीक्षणको कार्य भइरहेको उनले जानकारी दिए । ‘अहिले हामीले सबै काम एक साथ गरिरहेका छौं ।’ उनले भने, ‘सक्दो छिटो नतिजा सार्वजनिक गर्नेछौं ।’

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए । सचिव अर्याललका अनुसार प्राविधिक समस्या नआएमा मंसीर दोस्रो हप्ता नै नतिजा सार्वजनिक हुन्छ तर केही प्राविधिक समस्या देखिएमा केही दिन तलमाथि हुन सक्छ ।

कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले होम सेन्टर कायम गरी देशभरका चार हजार ३१५ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा ३ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

+2 School
Counseling
Bachelors Portal